November 28, 2021

News21Nepal

best site for news

विमलेन्द्र निधिद्वारा काँग्रेस सभापतिमा उम्मेदवारी घोषणा, यस्तो छ घोषणापत्र (पूर्ण पाठसहित)

लोकतन्त्र प्राप्तिका लागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृङ्खला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु,’ निधिले भने ।                                                                                                                                                          काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् । तर अहिलेसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गर्ने गुरुङले मात्र गरेका थिए । बिहीबार निधिले घोषणापत्र सहित उम्मेदवारी घोषणा गरेका छन् ।

काँग्रेसमा वर्तमान सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व उपसभापति गोपालमान श्रेष्ठ, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य शेखर कोइराला, कल्याण गुरुङले सभापतिमा दाबी गरेका छन् । तर अहिलेसम्म औपचारिक रूपमा सभापतिको उम्मेदवारी घोषणा गर्ने गुरुङले मात्र गरेका थिए । बिहीबार निधिले घोषणापत्र सहित उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै उनले आफ्ना परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधारलाई केन्द्रविन्दुमा राखेको घोषणापत्र बनाएका छन् । सभापतिको उम्मेदवारका लागि तयार पारेको घोषणापत्रमा परिकल्पना, उद्देश्य, ध्येय, र अन्य सुधारहरू शीर्ष राखिएको छ ।

आफू सभापति भए वैचारिक रूपमा स्पष्ट, गतिशील र जनतासँग जोडिने काँग्रेस बनाउने निधिको मुख्य नारा छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस बनाउने उनको सङ्कल्प रहेको छ ।

यस्तो छ निधिको घोषणापत्र

वैचारिक रुपमा स्पष्ट काँग्रेस, गतिशील काँग्रेस, जनतासँग जोडिने काँग्रेस

संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ र सार्थक पार्ने काँग्रेस

नेपाली काँग्रेसको १४ औं महाधिवेशन

पार्टीसुदृढीकरण र आगामी निर्वाचनमा काँग्रेसको बहुमतका लागि

केन्द्रीय सभापति पदका उम्मेदवार विमलेन्द्र निधिको

प्रतिबद्धता र योजना

आदरणीय महाधिवेशन र महासमितिका साथीहरू,

हिमाल, पहाड, तराई–मधेसका विभिन्न जिल्लाबाट विविध धर्म, संस्कृति र समुदायबाट समेत प्रतिनिधित्व गर्दै निर्वाचित भएर आउनु भएका तपाईंसम्पूर्ण महाधिवेशन प्रतिनिधि साथीहरू र महासमिति सदस्य साथीहरूलाई बधाई दिन्छु र जय नेपालको हृदयध्वनिले हार्दिक स्वागत गर्दछु ।

यस अवसरमा म नेपालको लोकतान्त्रिक विचारका प्रथम नेपाली भाष्यकार जननायक बीपी कोइराला, आन्दो.लनको विशिष्ट क्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुहुने सुवर्ण शमशेर, सूर्यप्रसाद उपाध्याय, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, लोकतान्त्रिक गणतन्त्र प्राप्तिको नेतृत्व गर्ने गिरिजाप्रसाद कोइराला र वर्तमान संविधान निर्माणको नेतृत्व गर्ने सुशील कोइरालासहित विभिन्न क्षेत्र र समुदायबाट अनेक कष्ट झेल्दै जीवन समर्पण गर्ने सम्पूर्ण लोकतान्त्रिक योद्धाहरूप्रति सम्मान प्रकट गर्दछु । अहिंसा, शान्ति,सामाजिक न्याय, समुदायका बीच सद्भाव र लोकतन्त्रको मार्गमा मलाई उत्प्रेरित गर्नु हुने मेरा पिताजी महेन्द्रनारायण निधिलाई यतिबेला सादर स्मरण गर्न चाहन्छु । नेपाली काँग्रेसको ७६ वर्षको कष्टकर यात्रामा जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरूप्रति म श्रद्धासुमन अर्पण गर्दछु ।

आफ्नो विगतलाई फर्केर हेर्दा मैले १३–१४ वर्षको  किशोर वयदेखि नै नेपालको लोकतान्त्रिक आन्दोलनमा करीव ५३ वर्ष सक्रियतापूर्वक व्यतित गरिसकेको छु । लोकतन्त्र प्राप्तिकालागि विगतका संघर्षपूर्ण कठिन दिनमा अनेक सहकर्मीहरूसँगै मैले जेलनेलको लामो शृंखला अनुभव गरेको छु । विगतको पृष्ठभूमि र नेतृत्वदायी अनुभवको यस चरणमा मैले नेपाली काँग्रेसको केन्द्रीय सभापति पदमा आफूलाई प्रस्तुत गरेको छु । परिवर्तित राजनीतिक प्रणालीको व्यवहारिक पक्षहरूलाई सार्थक गर्नुपर्ने विवेक र तर्कको कसीमा मेरो यो उम्मेदवारी रहेको समेत स्पष्ट गर्न चाहन्छु ।

मैले सभापति पदमा उम्मेदवारी प्रस्तुत गर्दै गर्दा केही निश्चित परिकल्पना, ध्येय र उद्देश्यसहित कार्ययोजना र पार्टीभित्रको आवश्यक सुधार समेतलाई केन्द्रविन्दुमा राखेको छु ।

परिकल्पना

नेपाली काँग्रेसलाई देशको एकमात्र सुसंगठित, सुव्यवस्थित र सक्षम लोकतान्त्रिक पार्टीको रुपमा देशभित्र र अन्तर्राष्ट्रिय स्तरमा पुनस्र्थापित गराउने, भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउँदै देश र जनताको सेवामा सक्रिय बनाउने र तीनवटै तहको आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतका साथ विजयी गराउने ।

नेपाली काँग्रेसमा रुपान्तरण,पुस्तान्तरण र पुस्ताहस्तान्तरण प्रकृयालाईसहजीकरण गर्ने ।

नयाँ पुस्तालाई वर्तमान राजनीतिक प्रणाली र नेपाली काँग्रेसप्रति आकर्षित गर्दै सक्रिय रूपमा सहभागी गराउने ।

देशको भौगोलिक विविधताअनुरूप हिमाल, पहाड, तराई–मधेश, पश्चिमदेखि पूर्वका सबै जनतालाई भावनात्मक रूपमा जोड्ने ।

जातीय, सांस्कृतिक र धार्मिक विविधतायुक्त समाजभित्रका महिला, दलित, आदिवासी–जनजाति, मधेशी, मुस्लिम, थारू, खसआर्य, अल्पसंख्यक, अपाङ्गता भएका, पिछडिएका क्षेत्र तथा तेस्रोलिङ्गीलगायत सबैलाई सम्मानका साथ नेपाली काँग्रेसमा सक्रिय गराउने र समुदायका बीच थप सद्भाव कायम गर्ने ।

सुन्दर फूलवारी जस्तो विविधतापूर्ण समाजले अवलम्वन गर्दै आएको भाषा, साहित्य, कला, संस्कृति, धर्म र सम्पदाको संरक्षण गर्न नेपाली काँग्रेसका सम्पूर्ण तहगत समितिहरू र सदस्यहरूलाई सक्रिय बनाउने ।

भ्रातृ तथा शुभेच्छुक संस्थाहरू र नेपाली जनसम्पर्क समितिलाई व्यवस्थित, मर्यादित, समयानुकूल, विधिसम्मत, संगठित र सशक्त बनाउदै देश र जनताको सेवामा विशेष सक्रिय गराई वर्तमान राजनीतिक परिवर्तनलाई सबल एवं सफल गराउने ।

विदेशको रोजगारीमाश्रम खर्च गरिरहेका, अध्ययनको आकांक्षाले विदेशमा पुगेका र विभिन्न कारणबाट विदेशमा रहेका सबै क्षेत्रर वर्गका नेपालीहरूको हित संरक्षणमा पार्टीले उचित पहल गर्ने र गरिरहने ।

हिमाल, पहाड, तराई–मधेसमा वसोवास गर्ने किसान र श्रमजीवी, विभेदमा परेका र सीमान्तकृत नागरिकको दुःखको साथी नेपाली काँग्रेसलाई बनाउने र उनीहरूको हितप्रबद्र्धनमा सिंगो पार्टीपंक्तिलाई परिचालन गर्ने ।

विगतमा भएका अनेक क्रुर हिंसाको मारमा परेका, आज पनि हिंसाबाट अन्यायमा परेका, वेपत्ता भएका वा पारिएका, अनगिन्ती नेपालीका परिवारको आँशु रोकिएको छैन । न्यायका लागि निरन्तर करुण क्रन्दन सुनिरहेको अवस्था छ । ती करुण पुकारलाई सुन्न राज्यलाई नेपाली काँग्रेसले बाध्यपार्ने क्षमताको विकास गर्ने  ।  रातो पाटी बाट साभार