November 28, 2021

News21Nepal

best site for news

प्रचण्डले फेरि चाले यस्तो आत्मघा’ती कदम, अब के होला यसको परिणाम ?

काठमाडौँ – निर्वाचन आयोगले शिक्षक र कर्मचारीलाई राजनीतिक दलको सदस्यता नदिन भन्दै दिएको निर्देशनको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिवाद गर्नुभएको छ । उनले यो कदमलाई धेरैले आत्मघाती कदम भन्नुुभएको हो ।

आयोगले शिक्षक र कर्मचार्रीलाई दलको सदस्यको जिम्मेवारी दिइएको पाइएमा जिम्मेवारीबाट हटाउन मातहतका निर्वाचन कार्यालयलाई निर्देशन दिएकै दिन प्रचण्डले शिक्षकहरू थप सक्रिय भएर राजनीतिमा लाग्नुपर्ने बताउनुभएको हो ।

राजनीतिक दलका महाधिवेशनमा सरकारी कर्मचारी र शिक्षक निर्वाचित भएको र उम्मेदवार बनेको भन्ने समाचार सार्वजनिक भएकोप्रति ध्यानाकर्षण भएको बताउँदै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले त्यस्ता क्रियाकलाप रोक्न निर्देशन दिनुभएको थियो ।

तर आयोगले विज्ञप्ति जारी गरेर यस्तो निर्देशन दिएकै दिन पूर्वप्रधानमन्त्री समेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शिक्षकहरुलाई राजनीति गर्न नदिए पार्टी प्रणाली नै कमजोर हुने दाबी गर्नुभयो ।

शिक्षकले राजनीति गर्नुहुँदैन भनेर जबरजस्ती बहस सिर्जना गर्न खोजिएको उहाँले बताउनुभयो । नेपालमा भएका सबै पार्टीहरूलाई शिक्षकहरूले नै स्थापित गरेको प्रचण्डको दाबी छ ।

अब शिक्षकहरुले राजनीति गर्नु हुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीति बाहेक अरू केही नहुने प्रचण्डले जिकिर गर्नुभयो । तर निर्वाचन आयोगले भने शिक्षकरूले राजनीतिक दलको सदस्यता लिन नपाउने प्रष्ट व्यवस्था रहेको बताएको छ ।

प्रवक्ता पौडेलले शिक्षक र कर्मचारी राजनीतिक दलको प्रतिनिधि अथवा अन्य कुनै पदाधिकारीमा निर्वाचित भएको पाइए आयोगले अध्यावधिक नगर्ने चेतावनी दिनुभयो ।

हुन त शिक्षकहरुले गाउँ गाउँमा राजनीतिक जागरण फैलाएको प्रचण्डको दाबी अमान्य हैन । तर शिक्षकहरू राजनीतिमा लागेकै कारण विद्यालयको पढाइ डामाडोल भएको यथार्त पनि कसैले भुल्नु हुँदैन ।अनलाइन मार्ग बाट साभार